काठमाडौँ । धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनको बारेमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका मेयर साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।
पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन्न् ।
दुई दिन अघि साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र पत्रकार दाहाललाई धम्की दिएका थिए ।
उनले आफू नियमित रूपमा भेला जाने पसलमा बिहीबार उपस्थित हुन आदेश समेत दिएका थिए । उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारहरूले सुरक्षाको माग समेत गरेका छन् ।
दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मौन मौजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए । सो समाचार हिमालखबर डटकममा मङ्सिर १४ गते प्रकाशित भएको थियो ।
सोही समाचारप्रति लक्षित गर्दै प्रमुख साम्पाङले तथानाम गाली गलौज र अपशब्द प्रयोग गरी चोर फटाहा, तेरो पत्रकारिताको अन्त्य गर्छु तँ मुलाको यसरी बेईज्जेत गर्छु की शिर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने पारिदिन्छु भनी सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए ।
२०७९ बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धरान उपमाहनगरपालिकाको मेयरमा स्वतन्त्रबाट हर्क निर्वाचित भएका हुन् । निर्वाचन भए यता उनले सामाजिक सञ्जालमा जथाभावि बोल्ने गरेका छन् । मयेर हर्कले आफूबाहेक अरु कसैलाई टेर्दैनन् । उनले मुलुकको राजनेता आफूलाई नै ठान्छन् । यदि प्रहरीले उनीविरुद्धको पक्राउ पुर्जी दर्ता गरेमा उनी पक्राउ पनि पर्न सक्नेछन् ।