काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ ।
आज उनलाई अदालत पुर्याइएको हो । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको छ ।
२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो ।