मंगलवार, आश्विन २० गते २०८३

खुला रूपमा फोहोर मैला बाले काठमाडौँ महानगरले कारबाही गर्ने

सोमवार , मंसिर २४, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । 

महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ । 

यदि कसैले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार