मंगलवार, आश्विन २० गते २०८३

रविको ब्लड प्रेसर उच्च : चिन्ता नगर्न चिकित्सकको सुझाव, कास्कीबाट पर्सा लगियो

सोमवार , मंसिर २४, २०८१

काठमाडौँ । सहकारी ठगी प्रकरणको आरोपमा लामो समयदेखि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई कास्कीबाट पर्साको वीरगञ्ज लगिएको छ ।

रविलाई काठमाडौंबाट विमानमा सिमरा पुर्याउँदा समर्थकहरुले चर्को नाराबाजी गरे ‌। त्यहाँबाट वीरगञ्ज लग्न प्रहरीलाई हम्मेहम्मे प¥यो । जसोतसो भीड छिचोलेर प्रहरीले रविलाई वीरगञ्ज पु¥याएको हो ।

अहिले रविलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरी कार्यालयमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गराइएको छ । चिकित्सकले रविको ब्लड प्रेसर उच्च देखिएको बताएका छन् ।  रविलाई आराम गर्न र बढी चिन्ता नगर्न चिकित्सकले सुझाव दिएको जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार