काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
टीम संकटमा रहेका बेला पौडेलले उत्कृष्ट ब्याटिङको नमूना पेश गरे । उनले ४३ बल खेल्दै २ चौका र ३ छक्काको मदद्तमा ५० रन पूरा गरेका हुन् । यसअघि उनले पोखरा एभेन्जर्ससँग ९५ रन हानेका थिए ।