आइतवार, श्रावण २४ गते २०८३

कलाकारीता क्षेत्रमा जमेका उमेशले पाएको सफलता !

बुधवार , मंसिर २६, २०८१

काठमाडौँ । कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन्- उमेश सिंह ठगुन्ना । वि.स २०३४ सालमा दार्चुलाको मार्मा गाउँपालिकामा उमेशको जन्म भएको हो । मध्यम परिवारमा जन्मेका उनको मुखबाट सानैदेखि गीतका भाकाहरु सुनिन थाले ।

विद्यालय जाँदा होस् या जंगलमा गोठालो जादाँ उनले गीत गाउने गर्थे । त्यसबेला गाउँमा अहिलेको जस्तो सामाजिक संञ्जालको बिगबिगी थिएन । अहिले त आफूले गाएको गीत सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल नै हुन्छ । र, उक्त व्यक्तिको खोजि गर्न गाउँ सम्मै हजारौँ युटुबरको लाइन नै लाग्छ । तर, त्यस बेला त्यसो थिएन ।

रेडियोमा समाचार प्रसारण भइसकेपछि गीत बज्ने गथ्र्यो । त्यहि गीतलाई उनी दिमाखमा उतारी हाल्थे । सानो छँदा पढाईमा अब्बल भएका कारण उनले रेडियोमा एकपटक सुनेको गीत उतिखेरै याद गर्थे । अनि त्यहि गीतलाई गोठालो जाँदा आफ्ना साथिभाइहरुलाई सुनाउथे । प्राकृतिक दृश्यले भरिपूर्ण दार्चुलाका खोलानाला भीरपाखामा गीत गाउँदै उमेशको बाल्काल बित्यो । 

सानैदेखि गायनमा रुची राख्ने उमेशको मनमा समय बित्दैँ गएपछि लाग्न थाल्यो की,‘अब दार्चुलाका भीरपाखामा गीत गाएर मात्रै आफ्नो सपना पुरा हुदैँन । सपना पुरा गर्न जहाँबाट गाएको गीत दर्शकमाझँ पुग्छ । जहाँ ठुला मान्छेको बास हुन्छ । जहाँ कलाकारले आफ्नो भविश्य बनाउँछन् । त्यस ठाउँमा जानुपर्छ।’ त्यो ठाउँ थियो देशको मुटु, राजधानी काठमाडौँ सहर । र, आफ्नो सपना पुरा गर्न विस २०५७ सालमा उनले काठमाडौँ सहरमा पाइला टेके । 

उनी काठमाडौँ आउँदा २३ वर्षका थिए । दार्चुलाको भीरपाखा, खोलानालामा गीत गुन्गुनाउने उमेश त्यसपछि काठमाडौँका बिराना गल्लीहरुमा गीत गाउन थाले । एउटा उखान नै छनी, ‘खाने मुखलाई जुंगाले छेक्दैँन ।’ उमेशभित्र भएको कलाले पनि बिरानो सहर काठमाडौँमा स्थान पाएरै छाड्यो । उनले स्थान पाउनुको पछाडि उनीभित्र भएको ट्यालेन्ट थियो ।

उनी गीत मात्र गाउने नभइ लेख्ने पनी गर्थे । त्यति मात्र कहाँ होर ? उनी गीतमा लय पनि आफै हाल्थे । अनि यति खुबि भएको उमेशले काठमाडौँमा स्थान नपाउने कुरै भएन । र, २०५९ सालदेखि काठमाडौँका विभिन्न दोहोरी साँझहरुमा कार्यक्रम सञ्चालक वाद्यवादक गायक तथा संगीतकारको रुपमा उनले काम गरे । लोकदोहोरी गीतमा निखारता ल्याउने र आफ्नो प्रतिभा प्रस्फुटन गर्ने गतिलो माध्यम हो – दोहोरी साँझ ।

7b634d9e-4445-4c48-bc95-f68362d6179b.jpg

उनले दोहोरी साँझमार्फत आफ्नो कलाकारिता क्षेत्रमा निखारता ल्याए । यसैबीच उनले २०५८ सालमा राष्ट्रिय नाचघर जमलबाट संगीत प्रशिण प्राप्त ६ महिने कोर्ष गरेर संगीतको औपचारीक यात्रा सुरु गरे । कलाकारीता क्षेत्रमा लागेका अधिकांस पढाईमा खासै उत्कृष्ट हुदैँनन् । कलाकारीता क्षेत्रमा लागेपछि बीचमै पढाइ छाड्छन् । तर, उमेश गायनमा मात्रै नभइ पढाईमा पनि उत्तिकै अब्बल छन् । उनले अग्रेजी विषयमा बिएड गरेका छन् ।  

र, कलाकारीता लगायत उनले शिक्षण पेसालाई पनि आत्मसात गरेका छन् । जसअनुसार उनले २०६१ सालदेखि काठमाडौँको सितापाइलामा रहेको विग वुद्ध नेशनल ऐकेडेमीमा शिक्षण गराउदैँ आएका छन् । २०६८ देखि २०७८ सम्म सेकेन्डरी लेवल इन्चार्जको रुपमा तथा २०७९ देखि भाइस प्रिन्सिपलको रुपमा अग्रेजी शिक्षकको रुपमा शिक्षण गराउदैँ आएका छन् । हाल उनको बसाइ सितापाइलामा नै छ । उनले शिक्षणसँगै आफ्नो कलाकारीता क्षेत्रलाई अगाडि बढाइरहेका छन् । 

अब उमेशको बारेमा यति कुरा थाहा पाइसकेपछि उनले गाएका गीतहरुको के के हुन् ? अनि उनले के के पुरुस्कार पाएका छन् ? भन्ने तपाईँहरुको मनमा पक्कै लागेको होला ।

उमेशको पहिलो गीत एल्वम नानी गोर्खाली २०६१ सालमा बजारमा आएको थियो ।  त्यस्तै देउसी भैलो २०६६, बुढी पोइला गइ २०७०, तिजको गित लय शब्द छमछमी तिजमा नाच मायालु २०७१, ठमेल बजारमा (रचनाको भूमिकामा), लक्ष्य एउटै पैसा कमाउने २०७५, (लय परिकल्पना) हाइहाइ, मायालु ( २०७६) लयशब्द तथा गायन, देउसी भैलो नचरी (शब्द २०७७), जिन्दगी के सारो २०७९ एकल लोकगित बजारमा आइसकेका छन् । र, उमेशका केही गीत अब सार्वजनिक हुने तयारीमा रहेका छन् । 

सम्मान तथा पुरुस्कार 

81323a24-1c2a-4493-a63e-e18128e99f7f.jpg

चन्द्रलोक प्रतिष्ठानद्धारा राष्ट्रिय कलाकार सम्मान २०७९/२/२२ गते पूर्वप्रधानमन्त्री बावुराम भट्टराईको  हातबाट, फोकस नेपालद्धारा राष्ट्रिय सेवा सम्मान २०८० नेपालका प्रथम उराष्ट्रपति परमानन्द झाको हातबाट, तिलक फिल्मद्धारा राष्ट्रिय कलाकार सम्मान २०८१ तत्कालीन सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको हातबाट, काव्य म्युजिकद्धारा काव्य स्रष्टा सम्मान अन्तर्गत कला सम्मान २०८०, सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड रचना तर्फ २०७५, दोस्रो डायमन्ड म्युजिक अवार्ड २०८१/३/१६, म्युजिक ल्यावको प्रस्तुति, गोल्डेन इन्टरनेशनल म्युजिक अवार्ड थाइल्यान्डको वैंककमा २०८१/५/१ गते । 
     
हुने बिरुवाको चिल्लो पात भनेझैँ सानैदेखि कलाकारीता क्षेत्रमा संर्घष गरेका उमेशले सफलता प्राप्त गरेका छन् । कलाकारिता क्षेत्रमा मात्र नभई शिक्षण पेसामा पनि उनले सफलता हात पारेका छन् । अहिले उनी आफ्नो पेसामा सन्तुष्ट छन् । र, अहिले उनको परिवार दार्चुलाबाट बसाईसरी कञ्चनपुरको शुक्लाफाँटा ८ मा बसोबास गरिरहेको छ ।

सानैदेखि घरपरिवारको साथ पाएका उमेश आफूभीत्र भएको कलाले यहाँसम्म आइपुगेका हुन् । यदि जीवनमा सफलता पाउनुछ भने संघर्ष गर्नै पर्छ । जसले संर्घष गर्छ उसले एकदिन अवश्य पनि सफलता हात पार्छ ।  र, उमेशका आगामि दिनमा आउने गीतलाई पनि भगवानरुपी सम्पूर्ण दर्शकहरुले माया गरिदिनुहोला । 

52964a2e-1471-43b1-80f8-d291a640b25b.jpg

f127a416-e710-4688-bd31-f451f521b01e.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार