मंगलवार, आश्विन २० गते २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

बिहिवार , मंसिर २७, २०८१

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज (बिहीबार) साँझ बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओली साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चीन भ्रमणबाट फर्केर आएपछि ओलीले पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताले संशय व्यक्त गरेका छन्।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन बैठकले पनि उक्त सम्झौतालाई खुलेर स्वागत गर्न सकेन।

कांग्रेसभित्रैबाट प्रश्न उठाइएपछि परराष्ट्र मन्त्रालयले मंगलबार बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरिदिएको छ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार