मंगलवार, आश्विन २० गते २०८३

रवि लामिछानेलाई अदालतमा पेस

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सातौँपटक अदालत लगिएको हो।  

पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको हो।गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछाने त्यसयता प्रहरीको हिरासतमा छन्। यसबीच उनीविरुद्ध यसअघि ६ पटकसम्म हिरासत म्याद थपिएको छ। आज थपिए सातौँपटक हुनेछ। 

लामिछानेविरुद्ध  ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार