मंगलवार, आश्विन २० गते २०८३

फेरि किन पक्राउ गरियो धरौटी बुझाएर हात हल्लाउँदै निस्केका दुर्गा प्रसाईंलाई ?

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुनः पक्राउ परेका छन् । आज साइबर अपराधमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको हो ।  उनलाई पक्राउ गरेर प्रहरीले गाडीमा हालेपछि अदालतमा जम्मा भएका समर्थकले विरोधमा नारावाजी गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र्र फुयल केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को हिरासतमा छन् । प्रसाईंले नै उनलाई प्रयोग गरेर धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार