बुधवार, आश्विन १४ गते २०८३

एनपीएलः पहिलो खेलमा लुम्बिनी र कर्णालीबीच प्रतिस्पर्धा

शुक्रवार , मंसिर २८, २०८१

काठमाडाैं । आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसाैं र तेइसाैं खेल हुदैँछ । आजको पहिलाे खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सका  प्रतिस्पर्धा हुदैँछ । 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ ।

आज हुने पहिलो खेलमा लुम्बिनीवाट राेहितकुमार पाैडेलले नेतृत्व गर्नेछन भने कर्णालीवाट साेमपाल कामी नेतृत्व गर्नेछन । एनपीएल अघिल्लाे शुक्रवारवाट सुरू भएको थियो ।  

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार