काठमाडौं। रियल मड्रिडका स्टार खेलाडी केलियन एमबाप्पेको बायाँ तिघ्रामा चोट लागेको छ। क्लबले उनको चोटको प्रकृति र उनी कति समय मैदान बाहिर रहने भन्ने स्पष्ट गरेको छैन। तर, उनको प्रगतिमा निगरानी गरिने बताएको छ।
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछि परेको रियलले आइतबार राति रायो भालेकानोसँग खेल्दैछ। त्यसपछि डिसेम्बर १८ मा कतारमा इन्टरकन्टिनेन्टल कपको फाइनल खेल्न जान तयारी गरिरहेको छ।