मंगलवार, आश्विन २० गते २०८३

एमाले र मविरुद्ध प्रचण्ड महोदयको नेतृत्वमा गिरोह सक्रिय छ : ओली

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी माओवादीले एमाले र आफूविरुद्ध कु प्रचारका लागि गिरोह परिचालन गरिरहेको आरोप लगाएका छन् ।

नराम्रा कामहरू जति सबै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा भइरहेको उनले दाबी गरेका हुन् । आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा बोल्दै ओलीले महादेवले हलाहल विष पिएजस्तो आफूले सबै पचाइदिने बताए ।

‘देशमा माओवादी जुन दिन पलायो, त्यहीँबाट जाली, फटाहा, झूट, बेइमानी सुरु भयो । अहिले हामीविरुद्ध कुप्रचार गर्ने सबै काम माओवादीहरूको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरुजति प्रचण्ड महोदयले नेतृत्व गरिहनु भएको छ । उहाँहरूको गिरोह सक्रिय छ, अरू होइन नेकपा एमालेका विरुद्धमा । त्यसमा पनि मेराविरुद्ध ।’, ओलीले भने । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार