बुधवार, आश्विन १४ गते २०८३

ला लिगा : बार्सिलोना पराजित

सोमवार , पौष १, २०८१

काठमाडौँ । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना लेगानेससँग १-० ले पराजित भएको छ।

खेल सुरु भएको चौथो मिनेटमा गोन्जालेजले हेड गोल गर्दै लेगानेसलाई १-० को अग्रता दिलाएका थिए । त्यस यता बार्सिलोनाले दबाब दिए पनि गोल गर्न सकेन।

स्पेनिस ला लिगमा १८ खेल खेलेको बार्सिलोना ३८ अङ्कसहित शीर्ष स्थानमा छ। १७ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिडको समेत ३८ अङ्क छ भने १७ खेल नै खेलेको रियल म्याड्रिडको ३७ अङ्क छ। चौथो स्थानमा रहेको एथ्लेटिक क्लबको १८ खेलमा ३३ अङ्क छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार