बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , पौष २, २०८१

काठमाडौं ।  सुनको मूल्य आज (मंगलबार) पनि तोलाको दुई सय रुपैयाँ बढेको छ।  आइतबार प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज गरेर जम्मा ६ सय रुपैयाँ बढेको हो। 

सुनको मूल्य आज प्रतितोला एक लाख ५१ हजार चारसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो सुनको मूल्य एक लाख ५१ हजार दुईसय रुपैयाँ थियो।

चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी बिगत तीन दिनदेखि प्रतितोला एक हजार आठसय ४० रुपैयाँमा कारोबार हुँदै आएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार