बिहिवार, आश्विन १५ गते २०८३

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेटको कति ?

बिहिवार , पौष ४, २०८१

काठमाडौं । अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।

बढेको मूल्य अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४८५ पुगेको छ । यस्तै ठुलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४८५ रुपैयाँ थियो ।

संघका अनुसार चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्नेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार