आइतवार, श्रावण २४ गते २०८३

गायक जोशीको टाक्क टुक्क बोलको गीत सार्वजनिक (भिडियोसहित)

आइतवार , पौष ७, २०८१

काठमाडौं । गायक तथा संगीतकार दीपक जोशीको टाक्क टुक्क बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार तिलक फिल्म्सको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा भीम बीसीको श‌ब्द तथा संगीतमा गायक जोशी र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको भिडियो निर्देशन पनि जोशी स्वयम्‌ले गरेका हुन् ।

संगीत संयोजन केशव बडुले गरेका छन् । कुमार रानाले मिक्सिङ-मास्टरिङ गरेको गीतका रेकर्डिस्ट खुमन राणा र सुमन राणा हुन् । त्यस्तै गीतको भिडियोमा दीपक जोशी र अञ्जली डीसीले अभिनय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार