काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा विद्यार्थीहरुले धर्ना दिएका छन् ।
त्रिविमा एमफिल र पीचडी कार्यक्रममा बढाएको शुल्क वैज्ञानिक नभएको भन्दै त्रिवि विद्यार्थी संघर्ष समितिले उपकुलपतिको कार्यालयमा धर्ना दिएका हो ।
विद्यार्थीले त्रिविले एमफिल र पीचडीमा नियमित कार्यक्रम राख्नुपर्ने, ग्राजुएट स्कुल अफ साइन्सको स्थापना गर्नुपर्ने र निःशुल्क अध्ययनको वातावरण निर्माण गर्नुपर्ने माग गरेका छन् ।
समितिका विद्यार्थीले त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यालयमा हिजोदेखि धर्ना बस्न सुरु गरेको विद्यार्थी संघर्ष दाहालले जानकारी दिए । उनले त्रिविले संघर्ष समितिले बुझाएको ३ बुँदे माग सम्बोधन नभएसम्म धर्नामा बस्ने बताए ।