काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो । यसअघि आइतबार सुन प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको हो ।आइतबार प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।