बुधवार, आश्विन २८ गते २०८३

हनिट्र्याप काण्ड : रिहा भइन् इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा

सोमवार , पौष ८, २०८१

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् । आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् ।

बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। आज भएको थुनछेक बहसपछि पाँच लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । 

धरौटीमा रिहा भएपछि उनले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा पाएकी छन् ।  ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार