काठमाडौं । आज बिहान देशभर देखिएको बादल अपराह्नदेखि हटेर मौसम घमाइलो हुनेछ । तर शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने सम्भावना छ ।
यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने पूर्वानुमान छ । शनिबार पनि देशैभर पूर्णतया बदली हुने र काठमाडौंसहित केही भागमा हल्का वर्षाको सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार काठमाडौं उपत्यकासहित केही स्थानमा फाटफुट वर्षा भएको थियो । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको थियो ।