बुधवार, आश्विन २८ गते २०८३

बोक्सी आरोपमा महिलामाथि कुटपिट गर्ने चार जना पक्राउ

बुधवार , पौष १०, २०८१

काठमाडौँ । कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ ।

उनलाई गाउँकै नातेदारलगायतले कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।कुटपिटले हसिना बेहोस भएकी थिइन् । 

कुटपिटपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बाबुराम चौधरी, मनोज चौधरी, लाहानु चौधरी र रूपा चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार