बिहिवार, आश्विन १५ गते २०८३

प्याजको भाउ सस्तियो

बुधवार , पौष १०, २०८१

काठमाडौं । प्याजको भाउ सस्तिएको छ । एक महिनाकै अवधिमा प्याजको भाउ ३६ प्रतिशत घटेको छ । कालीमाटी बजारमा मंसिर १० गते प्रतिकिलो १०० रुपैयाँ पुगेको प्याज अहिले औसत ६४ रुपैयाँमा झरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्याज ५.४ प्रतिशत सस्तिएर अधिकतम ६५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार