बिहिवार, आश्विन १५ गते २०८३

आज फेरि घट्यो सुनको मूल्य

बुधवार , पौष १०, २०८१

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार १०० रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ८०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर १ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार