काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।