बिहिवार, आश्विन १५ गते २०८३

१८ वर्षपछि  बार्सिलोनाबाट बाहिरिए मेस्सी, यसकारण क्लबले गरेन सम्झौता नविकरण

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ।

बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ । बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्‍याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्। मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

सन् २००३ देखि बार्सिलोनामा आवद्ध रहेका मेस्सी १८ वर्षपछि सो क्लवबाट बाहिरिएका छन्। मेस्सीले गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार