बिहिवार, आश्विन १५ गते २०८३

आज सुनको मूल्य बढ्यो, तोलाको कति

बुधवार , पौष १७, २०८१

काठमाडौं । विगत चार दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज तोलामा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने आज स्थिर रहेको  छ।

बुधवार  सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेर एक लाख ५१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो। 

गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार चारसय र आइतबार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य हिजो मंगलबार पनि ६ सय रुपैयाँ घटेको थियो।
 
आज चाँदीको मूल्य भने एक हजार सातसय ६५ रुपैयाँमै कायमै छ ।  गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार