बुधवार, आश्विन २८ गते २०८३

बालेन शहरमा फोहोरै फोहोर

बिहिवार , पौष १८, २०८१

काठमाडौं । काठमाडौँको सिंहदरबारको मूल गेट र भद्रकालीबिचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन्छ।

बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो। ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हुन् । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएका हुन् ।

बालेनले मेयरमा निर्वाचित भइसकेपछि काठमाडौँको फोहोर नहटाएसम्म आफूले कुनै फुलमाला नलगाउने घोषणा गरेका थिए । तर, यत्रोसमय सम्म काठमाडौँको फोहोरको अवस्था उस्तै छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार