काठमाडौँ । बालकलाकार सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दिएको छ ।
भाइरल बालकलाकारका रुपमा परिचित सचिनले थुप्रै गीतहरु गाएका थिए, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका थिए ।
हास्य श्रृखला ‘मेरी बास्सै’ लगायत अन्य धेरै ठाउँमा समेत अभिनय गरेका उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीत चर्चित छन् ।