काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ४.६३ अंकले बढेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंकले बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको हो । अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको कारोबार भएको छ । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने, ११ को स्थिर रहेको छ ।
यस दिन विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशतले बढेको हो । फाइनान्स ०.४१, होटल तथा पर्यटन क्षेत्रमा ०.६९, हाइड्रोपावरमा १.८७, जीवन बीमामा ०.३७, उत्पादनमा ०.८०, निर्जीवन बीमामा ०.७७ प्रतिशतले बढेको हो । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ क्षेत्रमा ०.१५ प्रतिशतले घटेको छ ।
न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । सामुदायिक लघुवित्तको ९.९, सप्तकोशी विकास बैंकको ९.९, सिन्धु विकास बैंकको ९.७९ तथा सुपरमादी हाइड्रोपावरको ९.६, ग्रीन डेभलपमेन्ट बैंकको ९.२, कर्पोरेट डेभलपमेन्ट बैंकके ९, रिभरफल्स पावरको ८.८, आत्मनिर्भर लघुवित्तको ७.८ तथा त्रिशुली जलविद्युतको ६.६ प्रतिशत मूल्य बढेको छ ।
सपोर्ट माइक्रोफाइनान्सको ५.०२, जानाकी फाइनान्सको ३.६, नेपाल टेलिकमको ३.२ तथा पोखरा फाइनान्सको मूल्य ३.१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक, न्यादी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेका छन् ।