बुधवार, आश्विन २८ गते २०८३

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ६ डिग्री सेल्सियस

शनिवार , पौष २०, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज  झन्डै ६ डिग्री सेल्सियसमा उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले दिएको जानकारीअनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस देखिएको हो। 

यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे आउनेछ। त्यतिबेलासम्म न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना पनि रहन्छ। 

मौसमविद् झाका अनुसार राति काठमाडौँको आकाशमा बादल भएका कारण न्यूनतम तापक्रम केही बढेको हो।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार