बुधवार, आश्विन २८ गते २०८३

रोमान्चक प्रतिस्पर्धामा रियलको जित

शनिवार , पौष २०, २०८१

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रोमान्चक जित निकालेको छ । शुक्रवार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो अग्रता भ्यालेन्सियाले २८ औं मिनेटमा डिउरोको गोल मार्फत गरेको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको रियलको लागि दोश्रो हाफको ७९ औं मिनेटमा झड्का लाग्यो । उस्को स्टार खेलाडी भिनियस जुनियर रातो कार्ड खादै मैदान बाहिर गए ।

त्यसयता रियलले ८५ औं मिनेटमा लुका मेड्रिटको गोल मार्फत खेल बराबरी बनायो । नियमित खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको पाँचौ मिनेटमा रियलका बेलिङ्घमले गोल गरेपछि रियले खेल २-१ ले जित्यो ।

जितपछि १९ खेलबाड ४३ अङ्क सहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । भने भ्यालेन्सिया १२ अङ्क सहित १९ औं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार