आइतवार, कार्तिक ९ गते २०८३

दार्चुला घटना : गृहको छानबिन टोली जयसिंहको परिवार भेट्न मालगाउँ पुग्यो 

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ ।  बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका–२ मालगाउँ गएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मालगाउँ गएको बताए ।  बिहीबार गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु-मालघाट पुगेको थियो ।

एसएसबीसहित घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको थियो । दार्चुला घटनामा आरोपी मानिएका भारतीय एसएसबीसँग भने अझै सोधपुछ गरिएको छैन । टोली बुधबार भारतीय एसएसबीकै सहभागितामा घटनास्थलको भारतपट्टि पुगेर फर्कियो ।

गत १५ साउनमा सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्याँस गाउँपालिका–२ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार