काठमाडौँ । सुनको मूल्य आज घटेको छ ।
शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आज भने १ हजार ५०० रुपैयाँले घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।