बिहिवार, आश्विन १५ गते २०८३

बढ्यो गाडीको भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचिसहित)

सोमवार , पौष २२, २०८१

काठमाडौँ । सरकारले गाडीको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर समायोजना गरेको हो।

विभागका अनुसार यात्रुवाहक सवारीको भाडा सबैभन्दा धेरै बढेको छ। यसअनुसार यात्रुवाहक सवारीको ३।३० प्रतिशतले बढ्दा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.०५ प्रतिशतले बढेको हो। 

विभागका अनुसार भाडा निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी ०७८ असार २७ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रीस्तरीय सहमतिमा सोही साल असार २९ मा भाडादर समायोजना गरिएको थियो। त्यसपछि विभिन्न मितिमा इन्धनमा भएको ५ प्रतिशतको मूल्य घटी या बढी हुँदा भाडादर समायोजन गरिएको थियो। अन्तिम पटक २०८० साउन ३१ मा भाडादर समायोजना गरिएको थियो। 

बढेको भाडादरअनुसार कलैया–तानसेन–पाल्पा २५१ किमि दूरीको साधारण भाडा ७५३ रुपैयाँ छ। काठमाडौंबाट इलाम जानेले साधारण भाडा नै अब २०५२ रुपैयाँ तिर्नुपर्नेछ। काठमाडौंबाट पोखरा जानेले ६५२ रुपैयाँ तिर्नुपर्नेछ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार