काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।
आज फाइनान्स समूहका कम्पनीको मूल्य बढेको छ । समग्रमा यो समूहको सूचक २.६५ प्रतिशतले बढेको बढ्यो । आज फाइनान्स समूहअन्तर्गत १४ कम्पनी फाइदामा गएका छन् र एउटाको मूल्य भने घटेको छ ।
मंगलबार कुल १२६ कम्पनीको मूल्य बढेको हो । यसमध्ये सप्तकोशी विकास बैंक, नाग्दी जलविद्युत्, प्रभु महालक्ष्मी इन्स्योरेन्सको मूल्यमा सर्किट लागेको छ । सिन्धु विकास बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबार रकमका हिसाबले पनि आज सिन्धु विकास बैंक अग्रस्थानमा रहेको छ । यसको आज १६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कुल ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भयो ।
१०७ कम्पनीको मूल्य घट्दा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुग्यो ।