बिहिवार, आश्विन १५ गते २०८३

दुई दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेपाली बजारमा दुई दिनदेखि स्थिर रहेको सुनको भाउ आज भने बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । यसअघि सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको थियो । यी दुई दिन प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्ले जनाएको छ । चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार