काठमाडौँ । आज पनि सेयर बजार परिसूचक (नेप्से) ६.५३ अंकले बढेको छ । लगातार छैटौँ दिनमा कारोबार बढ्दा परिसूचक २६५३ बिन्दुमा पुगेको हो ।
बुधबार कुल ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको कारोबार भएको छ । यो कम्पनीको २२ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।
आज १३९ कम्पनीको मूल्य बढेको छ । यसमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिरख्वा हाइड्रो, सप्तकोशी विकास बैंक र न्यादी हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले बढेका छ । त्यस्तै ९३ कम्पनीको मूल्य घट्दा सामुदायिक लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोको मूल्य ९ प्रतिशतले घटेका छ ।
बुधबार पनि फाइनान्स समूह उच्च अंकले बढेको हो । समग्रमा यो समूहको मूल्य ४.७७ प्रतिशतले बढेको छ । यसअन्तर्गतका कुल १५ वटै कम्पनीको मूल्य उकालो लागेका छन् ।