काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भदौ दोस्रो साता भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । भदौ १७ र २० गते खेल दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपाल र भारत दुवै अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् ।
नेपाल र भारतबीच १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा भारतले १३ खेलमा जित निकालेको छ । नेपालले भारतलाई २ पटक पराजित गरेको छ ।