बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य बढ्यो, तोलाको कति ?

बिहिवार , पौष २५, २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य वृद्धि भएको हो । 

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार