मंगलवार, आश्विन १३ गते २०८३

यू–१९ महिला विश्वकप क्रिकेट टिमको बिदाइ

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ क्यानले बिदाई गरेको थियो । नेपाली महिला टिम माघ ५ गतेदेखि सुरू हुने विश्वकप खेल्न भोलि मलेसिया प्रस्थान गर्नेछन् ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोलीमा पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ रहेका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार