काठमाडौँ । कोरोनाका कारण रोकिएको कक्षा १२ को परिक्षा साउन तेस्रो सातापछि लिने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको हो ।
वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो ।
परीक्षा सञ्चालन गर्न सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेको तर सहमति आनसकेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ । उनले विद्यार्थीहरुलाई त्यसैअनुसार विद्यार्थीलाई तयराी गर्न पनि भनेका छन्