सोमवार, श्रावण २५ गते २०८३

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं  । कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ । कोरोना संक्रमण फैलिँदै गएपछि सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका सो कुराको जानकारी गराएका हुन् । कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि संचालन गर्ने मिति तय गरिसकेको थियो । यसअघी आजै १२ को परीक्षा सम्वन्धी निर्णय पुनर्विचार गर्न बोर्डलाई सिसिएमसीले निर्देशन दिएको थियो ।

umesh-shresth.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार