काठमाडौं । साताको पहिलो दिन सुनको भाउ बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ हजार ६ सयले बढेर १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय थियो ।
त्यसैगरी चाँदीको भाउ पनि १५ रुपैयाँले ले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको १ हजार ८ सय ४५ रुपैयाँ थियो ।