मंगलवार, आश्विन १३ गते २०८३

मधेश प्रदेशलाई ८ विकेटले हराउदै फाइनलमा पुग्यो आर्मी क्लब

आइतवार , पौष २८, २०८१

काठमाडौं । जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउदै फाइनलमा पुगेको छ । मधेश प्रदेशले दिएको २८ रनको झिनो लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा भेट्टाएको थियो ।

आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा परेका थियो । १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा पनि १५० रन मात्रै जोड्न सफल भएको थियो । जम्मा २८ रनको लक्ष्य पाएको आर्मीले त्रितराज दास र सन्तोष कार्कीलाई सस्तोमा गुमाएको थियो । ओपनर इमरान सेख र बसिर अहमदले टिमलाई जित दिलाएका छन् ।

हारेको मधेश प्रदेश बाहिरिएको छ भने त्रिभुवन आर्मी क्लव फाइनल नजिक पुगेको छ । त्रिभुवन आर्मीको जितमा स्पिनर सहाब आलम र अलराउन्डर बसिर अहमदले महत्वपूर्ण भूमिका निभाएका छन् । सहाबले पहिलो इनिङमा ६ विकेट र दोस्रो इनिङमा ३ विकेटसहित कुल ९ विकेट लिएका छन् ।

बसिरले त्रिभुवन आर्मीको पहिलो इनिङमा ६७ रनको अर्धशतकीय पारी खेलेका हुन् । दोस्रोमा उनी ४ रनमा नटआउट रहे । उनले विजयी चौका प्रहार गरेका छन् । बसिरले मधेशको पहिलो इनिङमा १ विकेट र दोस्रोमा ४ विकेट लिएका थिए । मधेशको दोस्रो इनिङमा ओपनर मयन यादवबाहेक अन्य ब्याटर चल्न सकेनन् । यादवले ४९ रन बनाएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार