काठमाडौँ । आज सुनको मूल्य १ सय रुपैयाँले बढेर तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ सय रुपैयाँले बढेर तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको हो । पछिल्लो समय सुनको मूल्य वृद्धि भइरहेको छ । पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँले बढेको छ ।
केही समयअघि सरकारले भन्सार घटाएसँगै सुनको मूल्य ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।