बिहिवार, आश्विन १५ गते २०८३

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधवार , माघ २, २०८१

काठमाडौं । मंगलवार घटेको सुनको मूल्य बुधवार चार सय रुपैयाँले  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला आठसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको हो ।

मूल्य बढेर बुधवार सुन तोलाको एक लाख ५५ हजार चारसय रुपैयाँ कायम भएको हो। मंगलवार सुनको मूल्य एकलाख ५५ हजार रुपैयाँ कायम भएको थियो । पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य मंगलवार घटेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलवार मूल्य घटेर प्रतितोला एक हजार आठसय २० रुपैयाँमा झरेको चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ३० रुपैयाँ पुगेको छ ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार