बिहिवार, आश्विन १५ गते २०८३

झिनो अंकले बढ्यो सेयर बजार, मूल्य बढाउनेमा जलविद्युत कम्पनी अगाडि 

बुधवार , माघ २, २०८१

काठमाडौं । लगातार पाँच कारोबार दिन घटेको नेप्से आज झिनो अंकले बढेको छ । आज नेप्से सूचक १‍.८३ अंकले बढेर २५९५.९६ अंकमा पुगेको छ । पुस २३ गतेबाट निरन्तर घटेको नेप्से आज भने १‍.८३ अंकले बढेको छ ।

आज कुल कारोबारमा आएका कम्पनीमध्ये १२४ कम्पनीले कमाउँदा १०८ कम्पनीले भने आज पनि मुल्य गुमाएका छन् । १० वटा कम्पनीको भने आजको बजारमा मूल्य फेरबदल भएको छैन् । बढ्नेमा आज अधिकांश जलविद्युत कम्पनीहरु अगाडि छन् । यो दिन डोल्टी पावर कम्पनीको मूल्यमा १० प्रतिशतको मूल्य बृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोको ९.८१ प्रतिशतले मूल्य बढेको छ । आज बराही हाइड्रो, स्वेतगंगा हाइड्रो, खानीखोला लगायतका जलविद्युत कम्पनीहरु सर्वाधिक कमाउनेमा अगाडि देखिएका छन् ।

यस्तै, आज न्यादी हाइड्रो अगाडि छ । यो कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावट सँगै नकारात्मक सर्किट लागेको छ । विकास बैंक, होटल एण्ड टुरिजम, जलविद्युत, जीवन बिमा, व्यपार,अन्य र उत्पादन प्रशोधन समूहको उपसूचक बढ्दा बैंकिङ, वित्त, लगानी, लघुवित्त, निर्जीवन बिमा र म्युचुअल फन्डको सूचक घटेका छन् । पोखरा फाइनान्स,जानकी फाइनान्स, नेपाल फाइनान्स मूल्य गुमाउनेमा अगाडि देखिएका छन् । यी तीन वटै फाइनान्स कम्पनीको मूल्यमा क्रमश ९.०५ प्रतिशत, ७.८३ प्रतिशत र ७.८३ प्रतिशतले मूल्य घटेको हो ।

कारोबार सुरु हुँदाबाट निरन्तर घटेको नेप्सेमा लगानीकर्ताले कारोबारलाई पनि खुम्च्याएका छन् । सोमबार ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका लगानीकर्ताले आज ५ अर्ब ८२ करोड रुपैयाँ मात्रैको सेयर कारोबार गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार