सोमवार, श्रावण २५ गते २०८३

विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएका छौँ: गगन थापा

शनिवार , श्रावण २३, २०७८

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन्। स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई शुक्रबार नै सिफारिश गरिसकेको।

यसै सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा परीक्षा स्थगितमात्र नभइ विकल्पसहित निर्णय गर्न सुझाव दिएको बताएका छन्। ‘स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिशका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं,'  उनले भनेका छन्।

आफूहरुको सुझावपछि प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने बताएको थापाको भनाइ छ । प्रधानमन्त्री देउवाले हिजो कांग्रेसका युवा नेताहरुलाई बोलाएर भेट गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार