मंगलवार, आश्विन १३ गते २०८३

कोपा डेल रे : बार्सिलोनाको विशाल जित

बिहिवार , माघ ३, २०८१

काठमाडौँ । स्पेनिस कोपा डेल रे मा बार्सिलोनाले विशाल जित निकालेको छ । ग्रुप १६ को बुधबार भएको खेलमा बार्सिलोनाले रियल बोटिसलाई ५-१ले पराजित गरेको छ ।

बार्सिलोनाको लागि गाभी, कुन्डे, राफिन्हा,टोरेस र राफिन्हाले गोल गर्दा बोटिसको लागि एक मात्र गोल रोक्युले गरे । खेलको तेस्रो मिनेटबाटै बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो गोल गाभिले गरेका थिए । त्यसयता बार्साले २७ मिनेट, ५८ मिनेट, ६७ मिनेट र ७५ औं मिनेटमा गोल गरे ।

कोपा डेल रेमा गएराति भएकै खेलमा एट्लेटिको मेड्रीडले इल्चेलाई ४(० ले पराजित गर्दा लेगेन्सले एल्मेरियालाई ३(२ ले पराजित गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार