बिहिवार, आश्विन १५ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुन-चाँदीको मूल्य बढेको छ । हिजो  प्रतितोला चार सय रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रूपैयाँ कायम भएको  छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५० रूपैयाँले बढेको छ । बुधबार चाँदी तोलाको एक हजार आठ सय ३० रूपैयाँ कायम भएको थियो । बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार